निकृष्टताको पराकाष्ट

  • केदार कोइराला

कर्णहेजु लाई छाताले रोपेर,पीनले घोपेर कुटीकुटी मारेको सनसनि फैलिएपछी हेर्न जाने जोस चल्यो।डिल्लीबजार ओरालोमा बद्रीको पत्रिका पसलमा जम्मा भएर जाने निर्णयमा पुगियो।मित्र अनुप थपलिया पनि हस्याङ फस्याङ गर्दैआइपुगे।राजेश,नवीन,केशव,सरोज सबै जम्मा भयौं ल हिडौं न त भन्ने आँट कसैमा आएन।बद्रीले ख्यालख्यालमै भनेका थिए भक्तपुर नजानोस है त्यहाँ बिजुक्छे सेनाले मार्लान ! वस,पुगिहाल्यो हेर्न जाने रहर डिल्लिबजारकै दारीको चिया पसलमा सिमित हुनपुग्यो।डिल्लिबजारकै त्यति बेलाका भलादमी डन भनेर चिनिएका श्रीदाइ दारीको पसलमा आए।अर्का बाबुसाहेव थिए धर्मेन्द्र मल्ल जो पद्मकन्याको आमा पुस्ता देखि नातिनी पुस्ता सम्मले चिन्ने।सबैको जमघटले निकालेको निस्कर्ष थियो भक्तपुरमा नारनमान बिरूद्द आवाज निकाल्नु भनेको मर्नुहो।कालबेला त्यस्तै,सिंगो मुलुक पंचको रेखदेखमा चलेनि भक्तपुर सहरचैं नारनमानकै हैकमले चल्थ्यो।हामीलाइ भक्तपुरको चासो बढ्यो भने केदार बनेपालीलाइ सोधखोज गर्ने सजिलो नितीनिर्धारण गरेका थियौं।दत्तात्रय मन्दिरकै सेरोफेरोमा थियो केदारको फोटो स्टुडियो।सरकारी संचारमाध्यम संग जोडिएका केदार बनेपाली हाम्रालागि बिबिसि नेपाली सेवानै थिए।
किन यो प्रसंग ? तनहुँको रामचन्द्र पक्राउ प्रकरणका अन्तरकलह जेजस्ता थिए र छन त्यो कलह एकैछिन बिर्सेर घटनाक्रमको अन्तर्य बुज्नेहो भने कर्णहेजु बन्ने सृंखलाको श्रीगणेश हुनथाल्यो अब।निरंकुस शासनको श्रीगणेश तनहुँको ब्यासबाट उदघाटन हुनु र बयोबृद्द नेता पक्राउको प्रकृति हेर्दा नव तानाशाह हरू जुर्मुराउन थाले भनेर बुज्नु जरूरी छ।नव धनाढ्यहरूको धनआर्जन पछिको कर्म भनेको शक्तिसालीछु भनेर निरंकुसता प्रदर्सन गर्नुनै हो।त्यसैको पुष्टिस्वरूप पछिल्लो घटना हो रामचन्द्र पक्राउ प्रकरण।निषेधाज्ञा लगाएर बर्बर पुलिस दमनको आबस्यकाता थियो तनहुँमा ?

तनहुँको पुल उद्धघाटनका क्रममा प्रहरी नियन्त्रणमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल

हो,राजपाठ चलाउने काम सजिलो छैन, हुदैन।सासकको अक्षमता बाटै सुरूहुने हो परिवर्तन।मालिकको नाकमा बसेको झिंगो काट्न तम्सने बाँदरसेना तयार गरेर नाक सुरक्षित हुदैन।बैठकमा फर्माएको चाकरीलाइ आफ्नो लोकप्रियता ठान्ने मुर्खतालेघट्ने दुर्घटाको भागिदार सुनाउने होइन सुन्नेनै हुन्छ।बडेबडे बादशाहरूको तुजुक तुहिएको दृष्टान्त हामीले पढेकाछौ।देखेकै कुरागर्नेहो भनेपनि मैहुं भन्ने शक्तिसालीहरूको चुरीफुरी आँखैअगाडी चकनाचुर भएको छ।घरबार र दरबारको घमण्ड ब्यबस्थापन गर्न सिपालुका लागि श्रीखण्डहो नजान्नेका लागि त खुर्पाको बिंड मात्रै हो।एउटा सांसद पदिय मर्यादा बिर्सेर शक्ति उन्मादले ताण्डव देखाउछ।राज्य संयन्त्रको दुरूपयोग गर्छ र भोलीपल्ट आफैले देखाएको गाइजात्राको तमासे हुन्छ।संविधान र त्यसले दिएको अधिकारको समेत ख्याल नगर्ने मैमत्ता भएर पदिए दुरूपयोगको सृंखला पटकपटक दोहोर्याउने सांसद हुन वा नेता अब जनताले मान्नेवाला छैनन्।तनहुँको घटना प्रतिनिधि घटनामात्रै हो।दलिय दम्भमा गरिने राजनिती टिकाउ हुदैन।त्यसमा पनि नेताको राजनैतिक संस्कार देखि आनीबानी प्रति नागरीक सचेत भैसकेका छन।दलिय दासत्वको धङधङी अझै बाँकीछ त्यै धङधङीको आडमा कार्यकर्ता कजाउने नेताहरूले आफुलाइ सच्याउन जरूरी छ।रामचन्द्र पौडेल हुन वा किसान श्रेष्ठ दुवैले घटना र परिस्थितीको यथार्थ चित्रण गरेर गल्ति स्विकार्न सक्नुपर्छ।सत्ता दम्भले मात्तिएर आदेस दिने र त्यस्तो आदेस सिरोपर गर्ने प्रसासन प्रमुखमाथी छानवीन गरेर कार्वाही गर्न हिचकिचाउनु हुदैन।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठ(किसान)

नेताहरूकै आचरण र ब्यबहारहो राजनैतिक स्थाइत्वको आधार।सस्तो लोकप्रियताका लागि गरिने गतिबीधी र नितीथिती बसाउन चालिने कदम नागरीकले सजिलै छुट्याउन सक्छन।अझै झुटमुटमा जनता रिंग्याउछु भनेर कसैले सोच्छ भने त्यो मुर्खता मात्र हो।छाक टार्न परिश्रम गर्ने नागरीकको स्वाभिमान पैसाले किनेर राजनितीको मसिहा बन्ने सोच अन्त भएको जुग भैसक्यो।तर पनि हाम्रा दलिय राजनितीका नव धनाढ्य बनेका नेता भनाउदाहरूमा त्यो धङधङी बाँकीनै देखिन्छ।बेरोजगारी र गरीवीको अनुचित फाइदा उठाउदै स्वाभिमानी जनताको अबमूल्यन गर्ने गरि जनशक्तिको दुरूपयोग गर्ने अधिकार कसैलाइ छैन।सार्वभौम जनतामाथी राजनितीको नाउमा दलिय नेताहरूले हैकम जमाउने दिन गैसक्यो।गाँस,वास,स्वास्थ,शिक्षा र कपास नागरीकको मौलिक अधिकारहो।आफ्नो अधिकारका लागि नेता र दलको दासत्व कदापी स्विकार्य हुदैन।हक अधिकारको लागि आवाज उठाउने स्वतन्त्रता प्रत्येक नागरीकसंग सुरक्षितछ।राजामहाराजा हुन्छु,बन्छु भन्ने दिवास्वप्न देख्न पाइन्छ तर त्यो यथार्थमा विपना नभैदिनसक्छ।किनभने समय र सन्दर्भले पटक पटक प्रमाणित गरीसक्यो निरंकुसता कदापी स्विकार्य हुदैन।चाहे त्यो गणतन्त्रको नाउमा होस वा राजतन्त्रको।ॐ नम शिवाय

(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)

leave a reply

Techie