एक वर्षपछि नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक 

काठमाडौ । करीब एक वर्षको अन्तरालपछि आज नेपाल र भारतका परराष्ट्र सचिवहरूको प्रतिनिधि मण्डलस्तरीय बैठक भएको छ । राजधानीको एक होटलमा भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगला र नेपाली समकक्षी भरतराज पौड्यालको टोलीविच दुई पक्षीय हितका विषयमा कुराकानी भएको हो । बैठकमा एघार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव श्रृगंलाले गरेका थिए । बैठकपछि दुबै देशका प्रतिनिधिले छलफल अत्यन्त सकारात्मक भएको र राम्रो सुरूवात भएको प्रतिक्रिया दिएका छन । बाइट ः नेपालले अद्यावधिक गरेको देशको राजनीतिक नक्साले उत्पन्न गराएको चिसोपन अन्त्य गर्न वार्ता सकारात्मक भएको बताइएको छ । छलफलले थप उच्चस्तरीय भ्रमणको आदानप्रदानका लागि बाटो खोल्ने विश्वास गरिएको छ । दुईपक्षीय छलफलमा नेपाल र भारतका संयुक्त विकास परियोजनाको समीक्षा, कोरोना खोप सहितका क्षेत्रमा सहकार्य लगायतका विषयमा कुराकानी भएको बुझिएको छ । त्यसअघि परराष्ट्र परराष्ट्र सहसचिवद्वय यज्ञबहादुर हमाल र भारतको बाह्य मामिला मन्त्रालय सहसचिव अरिन्दम बाग्ची तथा नेपालका लागि राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । श्रृंगलाले आजै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन । भारतीय विदेश सचिव हर्षबद्र्धन परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका हुन् ।

leave a reply

Techie