मनिषा कोइराला क्यान्सर एजुकेशन फण्डको औपचारिक घोषणा

काठमाडौ । बलिउड अभिनेत्री मनिषा कोइरालाले ’मनिषा कोइराला क्यान्सर एजुकेशन फण्ड’ सुरु गरेकी छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच उक्त फण्डको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा फण्ड’का लागि मनिषालाई ५ लाखको चेकसमेत हस्तातरण गरिएको छ ।अभियानको सुरु गर्दै मनिषाले पीडामा मद्दत गर्ने कार्यको सुरुवात गर्न लागेकोमा निकै गर्व अनुभूत गरिरहेको बताएकी छिन । फण्डले क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गर्नेछ । क्यान्सर पीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा फण्डबाट छात्रावृत्ति दिइने बताइएको छ ।सुरुवाति चरणमा ग्लोबल कलेज, ग्लोबल स्कुल, लिब्रटी कलेज तथा भ्याली भ्यू इङ्लिस स्कुल यस कार्यमा जोडिएका छन् ।

leave a reply

Techie