१९१३ कोरोना संक्रमित थपिए, थप १५ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १८९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३४९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

leave a reply

छुटाउनुभयो कि?

२१ भाद्र २०७७, आईतवार ०७:५१ २१ भाद्र २०७७, आईतवार ०७:५१

काठमाडौं : रातो…

२५ पुष २०७७, शनिबार १४:४२ २५ पुष २०७७, शनिबार १४:४२

काठमाडौं : नेकपा…

६ कार्तिक २०७७, बिहीबार १४:१० ६ कार्तिक २०७७, बिहीबार १४:१०

काठमाडौं : प्रधानमन्त्री…

Techie