भाइटीकापछि खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने

काठमाडौं : तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान रोकिने भएको छ । काठमाडौं महानगरपालिका र अभियन्ताहरुबीच मंसिर २ अर्थात् भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति शुक्रबार भएको हो ।

निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्ने सहमति पनि उनीहरुबीच भएको छ । त्यसका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्ने भएको छ । खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी समेत गर्ने भएका छन् ।

खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भएकाले व्यवस्थित गर्न दुबै पक्ष सहमत भएका हुन् । यसअघि महानगरले खाना खुवाउन रोक्न निर्देशन दिएपछि विवाद भएको थियो ।

leave a reply

छुटाउनुभयो कि?

२२ माघ २०७७, बिहीबार ०८:०२ २२ माघ २०७७, बिहीबार ०८:०२

काठमाडौं : नेकपा…

११ पुष २०७७, शनिबार १२:४९ ११ पुष २०७७, शनिबार १२:४९

काठमाडौं : नेपाल…

१ भाद्र २०७७, सोमबार ०७:२१ १ भाद्र २०७७, सोमबार ०७:२१

काठमाडौं : झण्डै…

Techie