इन्डियन प्रिमियर लिग आईपीएल: आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं: इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दुई टोलीविचको खेल बेलुका पौने आठ बजे शुरु हुँदैछ । दुबईमा राजस्थान आफ्नो ११ औं र हैदराबाद आफ्नो दशौँ खेलका लागि मैदान उत्रन लागेका हुन । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थान पाँचौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । स्टिभ स्मिथको कप्तानीमा मैदानमा उत्र्रने राजस्थानलाई प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादका लागि पनि आजको खेल महत्वपुर्ण छ । पुछारबाट दोस्रो स्थानमा रहेको हैदराबादलाई प्ले अफ सम्भावना कायम राख्न जित्ने पर्ने अवस्था छ । हैदराबादले ९ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । हैदराबाद आज राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिने प्रयासमा छ ।

leave a reply

Techie