कार्तिकमै पाक्यो सुन्तला !

कार्तिक महिना मै सुन्तला पाक्यो भन्दा अचम्म लाग्दछ । तर सुन्तला जात फलफुल बिकास केन्द्र पाल्पा तानसेनको फर्ममा सुन्तला पाकेर लटरम्म भएका छन् । केन्द्रको फर्ममा दुई —चार वटा बोटमा मात्र होइन फर्ममा रहेका ६५ वटा बोटमा जापानिज ओकीचुवासे प्रजातीको सुन्तला भदौको अन्तिम सातादेखि पाक्न सुरु गरेको हो ।

नेपालको बागबानी तथा फलफुलको क्षेत्रमा जापान सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग भएको थियो । उनै जापानी स्वयम सेवकहरुले यो प्रजातिको सुन्तला २०४४÷०४५ सालमा भित्र्याएको भए पनि पाल्पामा विगत दश वर्ष देखि परिक्षणको रुपमा लगाइएको र सफल भएको हो । ओकीचुवासे जातका सात प्रजातिमध्ये एउटा मात्रै सफल भएको हो । परम्परागत जातको तुलनामा यसबाट छोटो समयमा नै उत्पादन लिन सकिने भएको र मध्य पहाडी क्षेत्र मै यसको खेति गर्न सकिने बागबानी बिकास केन्द्रले जनाएको छ । यो जातको सुन्तलाको विशेषता बिया र अम्लियपन नहुने, चिनीको मात्रा कम हुने रहेको छ ।

leave a reply

Techie