पर्सामा नेकपा कार्यकर्ताबीच कुटाकुट

पर्सा । पर्सामा नेकपाको दुई पक्षबिच झडप छ । बिन्दवासिनी गाउपालिका कमिटिको सपथ ग्रहण कार्यक्रम भइरहेको बेला दुई पक्षबीच लाठी हानाहान भएको हो । पर्सामा नेकपा जिल्ला अध्यक्ष प्रभु हजारा र सचिव बिजय महतोको दुई समूहमा विभाजित छन । बिन्दबासिनीमा सचिव विजय पक्षधरले शपथग्रहण गरिरहदा सो गाउपालिका कमिटीका बाकी सदस्यहरु कार्यक्रमस्थलमा पुगेपछि झडप भएको हो । झडपमा दुबै पक्षका १२ जना भन्दा बढी घाइते भएका छन । चार जनाको टाउको गम्भिर चोट लागेको छ । तिमध्ये उतम तिवारी, चिन्टु तिवारी र मुकेश चौरसियाको अवस्था गम्भिर रहेको छ । उनीहरुको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । झडपमा सग्लन केहीलाई प्रहरीले पूर्व सांसद राजकुमार गुप्ताको घरवाट पक्राउ गरेको छ । नेकपा पर्सा पछिल्लो समय इन्चार्ज रामचन्द्र साह , अध्यक्ष प्रभु हजरा , सचिव बिजय महतो तीन पक्षमा विभाजित छ ।

leave a reply

Techie