डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच आज हुने भनिएको वार्ता अनिश्चित !

काठमाडौं: चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनमा बसेका डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच आज हुने भनिएको वार्ता अनिश्चित बनेको छ । सरकारी वार्ता टोलीलाई प्रधानमन्त्री केपी ओलीले समय नदिएपछि वार्ता अनिश्चित बनेको केसी पक्षका वार्ता टोली सदस्य ओमप्रकाश अर्यालले बताए । बिहीबार दुई पक्षबीच भएको सहमतिबारे प्रधानमन्त्रीलाई आज जानकारी गराएर पुनः वार्तामा बस्ने सरकारी वार्ता टोलीले तयारी गरेको थियो । तर, बारम्बार आग्रह गर्दा पनि प्रधानमन्त्रीले समय नदिएपछि वार्ता अन्योलमा परेको हो । केसी विभिन्न ६ बुँदे माग राखी २६ दिनदेखि अनसनमा छन् । केसीको माग पूरा गर्न सरकारलाई चौतर्फि दबाब परेको छ । बिहीवार भएको वार्ता सकारात्मक भएपछि नेपाल चिकित्सक संघले आजका लागि तय आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

leave a reply

Techie