गजुरी गाउँपालिका स्थानीय भैंसी पालेर मनग्य आम्दानी गर्दै

धादिङको गजुरी गाउँपालिका–६, गडुवालका एक स्थानीयले भैंसी पालेर मनग्य आम्दानी गर्दै आएका छन् । करिव १ वर्ष अघिदेखि सचिन कृषि तथा पशुपालन फार्म दर्ता गरी उनले भैंसीपालन सुरु गरेका हुन । उनले बाँझो रहेको पुख्र्यौली जग्गामा घाँस तथा धानवालीसँगै भैंसी पाल्दै आएका छन् । फार्ममा ३ जनाले पूर्ण रुपमा काम गर्दै आएका छन् भने परिवारका अन्य सदस्यले पनि काम पाएका छन् ।

उनको फार्ममा उत्पादन भएको दुध नजिकैको बजार आदमघाट, वैरेनि मासटार लगायतका स्थानिय बजारमा जाने गरेको छ । उनले उत्पादन गरेको दुध हरेक दिन दुध व्यवसायीले विहान र वेलुकी फार्ममा नै पुगी लिन गरेका छन् ।

leave a reply

Techie