थप ९ सेनिटाइजर कम्पनी कारबाहीमा

काठमाडौं : औषधि व्यवस्था विभागले थप ९ सेनिटाइजर उत्पादक कम्पनीका उत्पादनमाथि प्रतिबन्ध लगाएको छ । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि विभागले ति उद्योगमाथि कारबाही गरेको हो ।

विभागले कारबाही गरेका कम्पनीमा भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साको कुम ह्याण्ड सेनिटाइजर र क्लिन ह्याण्ड सेनिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाको कुमकुम इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर रहेका छन् ।

यस्तै, ओम आरोग्य हेल्थकेयर ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजरमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

विभागले कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजको पहेलो रंगको ड्रोन ह्याण्ड सेनिटाइजर र रंगविनाका दुई सेनिटाइजरमाथि पनि प्रतिबन्ध लगाएको छ । विभागले ९ वटै कम्पनीका उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का पनि निर्देशन दिएको छ ।

यसअघि पनि विभागले नौवटा उद्योगमाथि कारवाही गरिसकेको छ । मिथानोल छालामा प्रयोग गर्न सरकारले यसअघि नै प्रतिबन्ध लगाइसकिएको छ । यो मानव स्वास्थ्यका लागि हानिकारक छ । यसलाई लामो समयसम्म प्रयोग गरे क्यान्सरसमेत निम्त्याउन सक्ने सम्भावना हुने चिकित्सक बताउँछन् ।

leave a reply

छुटाउनुभयो कि?

२२ भाद्र २०७७, सोमबार १६:२४ २२ भाद्र २०७७, सोमबार १६:२४

काठमाडौं : नेपालमा…

१३ जेष्ठ २०७७, मंगलवार १२:२८ १३ जेष्ठ २०७७, मंगलवार १२:२८

रौतहट : रौतहटमा…

१३ भाद्र २०७७, शनिबार ०९:२४ १३ भाद्र २०७७, शनिबार ०९:२४

वीरगञ्ज : पर्सामा…

Techie