चितवनमा थपिए २८ कोरोना संक्रमित, पर्सा र बारामा थपिए १८ संक्रमित

काठमाडौं : चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगर क्षेत्रका ७ पुरुष ४ महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कालिका नगरपालिकाका ५ पुरुष ५ महिला ,ईच्छाकामना गाउपालिकाका ६ पुरुष र रत्ननगरका १ पुरुष संक्रमित भएका छन । यी मध्ये एकजना २ बर्षका बालक समेत संक्रमित छन् ।

संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएकालाई होम आइसोलेसनमा राखिएको छ । लक्षण भएका बिरामीको संख्या पनि बढ्दै आएका कारण अस्पतालका शैयय पनि भरिएका छन् ।

हाल चितवनमा सक्रिय संक्रमितको संख्या मात्रै ८ सयको हाराहारीमा रहेकोले यो भन्दा बढे उपचारको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल देखिएको छ ।

त्यस्तै पर्सा र बाराका थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार सांझ गरिएको परिक्षणमा पर्साका ८ र बाराका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ सय ९० जनाको स्वाबको नमुना परिक्षण गर्दा ५ महिलासहित १८ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालले जानकारी दिएको छ । थपिएका संक्रमितहरु १७ वर्षदेखी ७४ वर्ष सम्मका रहेका छन् ।

संक्रमित हुनेमा पर्साको वीरगञ्ज महानगरपालिकाका ५ जना, बडेर्वा, परवानीपुर र पटेर्वा सुगौली गाउँपालिकाका १-१ जना रहेका छन् । यस्तै बाराको जितपुर सिमराका ६ जना, सिम्रौनगढका ३ जना र सवर्ण गाउँपालिकाका एक जना संक्रमित भएका हुन् ।

leave a reply

Techie