कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु, ८८५ संक्रमित थपिए

काठमाडौं : नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको मन्त्रालयले बताएको छ ।

leave a reply

Techie