आइसोलेशन सेन्टरमा चिकित्सकको काम स्वीपरले गर्ने गरेको भिडियो सार्वजनिक

धनुषा:  प्रदेश दुई सरकारले धनुषामा संचालन गरेको आइसोलेशन सेन्टरमा चिकित्सकको काम स्वीपरले गर्ने गरेको भिडियो सार्वजनिक भएको छ । धनुषाको गंगुलीको आइसोलेसनवाट सार्वजनिक भएको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ । आइशोलेसनमा विमारीको रुपमा पुगेका पत्रकार राकेश साहले सो भिडियो सार्वजनिक गरेका हुन । नाम नबताएपनि स्वीपरको जिम्मेवारीमा रहेको बताउने पिपिई लगाएका व्यक्तिले थर्मलगन सहित विरामीहरुको उपचारको काम गरिरहेको भिडियोमा देखिन्छ । उनले आफु चिकित्सक नभएको तर चिकित्सकले आफुलाई सो काममा खटाएको पनि उल्लेख गरेका छन । आइशोलेसनमा रहेका धनुषा ललियाका एकजना बृद्वको अवस्था बुझन आफुलाई चिकित्सकले खटाएको पनि उनले भिडियामा भनेका छन । भिडियोले आईसोलेसनमा विरामीको बेवास्ता हुने गरेको विषयलाई उजागर गरेको छ । स्वास्थ्य सम्वन्धी जानकारी नै नहुने स्वीपरलाई संक्रमितको हेरचाहमा खटाएर लापरवाही भएको भन्दै भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध समेत भएको छ ।
यसैबीच प्रदेश २ सरकारले धनुषाको नगराइन नगरपालिकाको गंगुलीमा सञ्चालन गरेको आइसोलेशन अस्पतालमा स्वीपरले चिकित्सकको काम गरेको फुटेज सार्वजनिक भएपछि आइसोलेसन सेन्टरका कर्मचारीलाई कारवाही गर्ने सम्बन्धित मन्त्रालयले निर्णय गरेको छ । समाजिक विकास मन्त्री नवलकिशोर साहले आइसोलेसनका इन्चार्य डा. जमुन सिंहलाई घटनाबारे २४ घण्टे स्पष्टीकरण सोधेका छन । उनले डयूटीमा रहेका स्वास्थ्यकर्मीलाई कारवाही गर्न निर्देशन समेत दिएका छन । स्वीपरले पिपिइ लगाइ थर्मल गनले वार्डमा जाँच्न पुगेका थिए ।

 

leave a reply

Techie