संसद सचिवालयले फिर्ता गर्‍यो लोगो

काठमाडौं : संसद सचिवालयले नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्साअंकित संसदको प्रतीक ‘लोगो’ फिर्ता गरेको छ । साउन अन्तिम साता प्रचलनमा ल्याइएको लोगोको चौतर्फी आलोचना भएपछि सचिवालयले लोगो फिर्ता गरेको हो ।

सचिवालयले पुनः नयाँ लोगो बनाएर ल्याउन निर्देशन दिँदै बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई सबै लोगोहरू फिर्ता पठाएको हो । लोगोमा देशको नक्सा र झण्डाको अपमान गरेको लोगो लगाउन नसक्ने भन्दै विरोध जनाएपछि सचिवालयले लोगो फिर्ता गरेको हो ।

लोगो बनाउने कलाकार टेकबिर मुखियाले पनि नमूना लोगोलाई नै औपचारिक दिएको भन्दै असन्तुष्टि जनाएका थिए । १८ लाख ४६ हजार १८ रुपैयाँमा संसद सचिवालयले ३ सय ५० वटा लोगो बनाएको थियो । दुई लाल सुनको जलप लगाइएको नयाँ लोगो बनाउन ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि सोही अध्यावधिक गरिएको नक्सा समेटिएको लोगो बनाइएको हो । अद्यावधिक लोगो संसद सचिवालयले साउन ३२ गतेदेखि प्रचलनमा ल्याएको थियो ।

leave a reply

Techie