चल्न थाले गाडी : यात्रु नहुँदा अधिकांश गाडी रित्तै (फोटोफिचर)

तस्विर : नवीन श्रेष्ठ

काठमाडौं : आजबाट देशभर सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका छन् । बिहानैबाट काठमाडौं उपत्यका लगायत देशैभर छोटो दुरीमा सार्वजनिक सवारी साधन गुड्न थालेका हुन् । सरकार र महासंघबीच भएको सहमति अनुसार यातायातका साधन सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् ।

महासंघमा आबद्ध बाहेकका ब्यवसायीले यसअघि नै सार्वजनिक यातायात सुचारु गरिसकेका छन् । सवारी साधन एक जिल्लाबाट अर्को जिल्लामा जान भने नपाउने गृह मन्त्रालयले जनाएको छ । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आवतजावत गर्न रोक नलगाइने बताइएको छ ।

सार्वजनिक यातायात सूचारु भएपनि गाडीमा यात्रुहरु कमै चढ्ने गरेका छन् । अधिकांश गाडीहरु रित्तै गुडिरहेका देख्न सकिन्छ । गाडीहरुमा सुरक्षा सतर्कता अपनाउँदै सेनिटाइजर राखिएको छ । यात्रुहरुले चढ्नुअघि अनिवार्यरुपमा सेनिटाइजर प्रयोग गर्नुपर्ने हुन्छ ।

सरकारले लकडाउन अन्त्य गरेपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम भने कायमै राखेको छ । लामो दूरीका सवारी साधन तत्काल नखुल्ने भएकाले पास अनिवार्य गरिएको हो । लामो दुरीका सवारी साधन भदौ एक गतेपछि मात्रै सञ्चालन गर्न पाउने निर्णय सरकारले गरेको छ ।

leave a reply

छुटाउनुभयो कि?

४ असार २०७७, बिहीबार १६:२१ ४ असार २०७७, बिहीबार १६:२१

काठमाडौं : नेपालमा…

७ मंसिर २०७७, आईतवार १६:२६ ७ मंसिर २०७७, आईतवार १६:२६

काठमाडौं । नेपालमा…

२१ श्रावण २०७७, बुधबार १५:२७ २१ श्रावण २०७७, बुधबार १५:२७

काठमाडौ । पछिल्लो…

Techie