बुधबारबाट मापासे जाँच पुनः सुरु

काठमाडौं । बिगत चार महिनादेखि रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण ७ चैतबाट रोकिएको मापासे जाँच बुधबारबाट नियमित रुपमा थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मेसिनको प्रयोगलाई निरुत्साहित गरि सावधानी अपनाउँदै जाँच गरिने बताइएको छ । चालकको अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने महाशाखाले जनाएको छ ।

बुधबारबाट नियमित रुपमा जाँच कारवाही सहित सचेतना कक्षा पनि सुरु हुनेछन् ।

leave a reply

Techie