चार किलोमा पहिरो पन्छाउने क्रम जारी, एकतर्फी सडक खुल्दै

काठमाडौ ।पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला दुई सयभन्दा बढी पहिरो खसेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला दुई सयवटा पहिरो खसेका छन ।ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारी कार्यालयको छ । त्यसका लागि कम्तिमा दुई दिन लाग्ने सम्भावना छ । सडक कसरी सुचारु गर्ने भन्ने विषयमा स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीविच छलफल जारी छ । पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न सकिने अवस्था नरहेको सडक विभागले जनाएको छ । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको विभागको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउने क्रम सकिएको छैन । पहिरोले राजमार्ग थुनिदा सवारीसाधनको लाम लागेको छ । पानी रोकिएमा एकतर्फी सडक खोल्न सकिने सडक कार्यालयले जनाएको छ । सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।

तस्बिर: जेनिथ श्रेष्ठ

leave a reply

छुटाउनुभयो कि?

१२ पुष २०७७, आईतवार ०७:५३ १२ पुष २०७७, आईतवार ०७:५३

काठमाडौं : चिनियाँ…

१६ श्रावण २०७७, शुक्रबार १५:४८ १६ श्रावण २०७७, शुक्रबार १५:४८

काठमाडौ । कोरोना…

६ चैत्र २०७७, शुक्रबार ०८:३३ ६ चैत्र २०७७, शुक्रबार ०८:३३

काठमाडौं : संघीय…

Techie