गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । आज बिहान चार जिल्लामा ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ११४ पुगेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने संक्रमित तनहुँमा ३ जना पुरुष स्याङजाका २ जना पुरुष पर्वत २ जना पुरुष र बाग्लुङमा पनि १ जना पुरुष नै रहेको निर्देशनालयले जनाएको छ । सबै संक्रमितलाई जिल्लाकै आइसोलेसन कक्षमा लाने तयारी भइरहेको छ ।

बाग्लुङमा पनि १ जना पुरुष नै रहेको निर्देशनालयले जनाएको छ । सबै संक्रमितलाइ जिल्लाकै आइसोलेशन कक्षमा लाने तयारी भइरहेको छ ।

leave a reply

Techie