प्रधानमन्त्री ओलीको राजीनामा माग्ने ३० स्थायी समिति सदस्यको निर्णय

काठमाडौं : सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने निर्णय गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालय र स्थायी कमिटीका बहुमत नेताको भेलाले यस्तो निर्णय गरेको हो ।

बुधबार साँझ राजधानीमा भेला गरेर ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने निष्कर्ष निकालेका हुन् । तीन घण्टा चलेको भेलाले सरकार र पार्टी नेतृत्व दुवैमा ओली असफल भएको भन्दै चालू स्थायी कमिटी बैठकबाट जिम्मेवारीबाट राजीनामा गराउन निर्देशन दिने निर्णय गराउने निष्कर्ष निकालेको हो ।

स्थायी कमिटीको जारी बैठकबाट यो एजेन्डालाई टुंगोमा पुर्‍याउने निर्णय भेलाले गरेको छ । प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापा पनि भेलामा सहभागी थिए । उनले पनि ओलीलाई साथ नदिने घोषणा गरेका छन् ।

पार्टीभित्र चर्को राजनीतिक तथा नैतिक दबाब सामना गर्दै आएका प्रधानमन्त्री केपी ओली अंकगणितीय दवाबमा पनि परेका छन् । सत्तारुढ पार्टीको नौ सदस्यीय सचिवालयका ६ र ४४ सदस्यीय स्थायी कमिटीका ३० सदस्य ओलीको राजीनामा माग्ने पक्षमा देखिएका छन् ।

leave a reply

Techie