विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६ लाख २१ हजार नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६ लाख २१ हजार नाघेको छ । संक्रमणबाट ५ लाख १४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २७ लाख ३० हजार नाघेको छ । त्यहाँ १ लाख ३० हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या १४ लाख ८ हजार नाघेको छ भने ५९ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या ६ लाख ५४ हजार नाघेको छ भने ९ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या ५ लाख ८७ हजार नाघेको छ । त्यहाँ १७ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ४३ हजार ७ सय, इटलीमा ३४ हजार ७ सय, स्पेनमा २८ हजार ३ सय र फ्रान्समा २९ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ५८ लाख २७ हजार नाघेको छ ।

leave a reply

Techie