नवलपरासीमा करेन्ट लागेर दुई जनाको मृत्यु

नवलपरासी : पूर्वी नवलपरासीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजाका भरत थापा र विनयी त्रिबेणी ५ का आशिष विक रहेका छन । विनयी त्रिबेणी गाउँपालिका तीनमा टिपर खोलामा धुने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये थापा टिपरका चालक र विक सहचालक रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय खोरन्डे खोलामा लु २ ख ४७४४ नम्बर को टिपर धुने क्रममा टिपरको पछाडीको भागले विद्युत पोलमा छुँदा दुबैलाई करेन्ट लागेको हो ।

leave a reply

Techie