विदेशमा ज्यान गुमाएका २४ नेपालीको शव स्वदेश ल्याइयो , हेर्नुहोस् तस्विरमा

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । सरकारले विदेशमा रहेका अलपत्र नेपालीलाई उद्धार गर्ने निर्णय गरेसँगै शवलाई नेपाल ल्याउन सम्भव भएको हो । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो संख्यामा एकैपटक नेपाल ल्याइएको यो पहिलो पटक हो । शुक्रबार कतारबाट २०, कुवेतबाट २, यूएइबाट १ र साउदी अरबबाट एक गरी २४ वटा शव नेपाल ल्याइएको हो । शवहरु लिएर कतार एयरलाइन्सको जहाज मध्यान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । त्यही जहाजमा ४३ जना नेपाली पनि आएका थिए । त्यस्तै कुवेतबाट जजिरा एयरलाइन्सले दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी अरब र यूएईबाट एक–एक वटा शव ल्याएका थिए । कोरोना भाइरसको महामारी र लकडाउनपछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव विभिन्न देशमा अलपत्र परेको थियो । वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख राजनकुमार श्रेष्ठले शवहरु कसैले विमानस्थलमै पुगेर आफन्तले बुझेको र बाँकीको घरमै पु¥याउने व्यवस्था गरिएको बताए ।

हेर्नुहोस् तस्बिर

 

तस्विर : नवीन श्रेष्ठ

leave a reply

छुटाउनुभयो कि?

३ बैशाख २०७८, शुक्रबार १०:३५ ३ बैशाख २०७८, शुक्रबार १०:३५

कोरोना भाइरसको…

२३ माघ २०७७, शुक्रबार १०:२३ २३ माघ २०७७, शुक्रबार १०:२३

काठमाडौं : सत्तारुढ…

२० श्रावण २०७७, मंगलवार १६:३१ २० श्रावण २०७७, मंगलवार १६:३१

काठमाडौं : नेपालमा…

Techie