काठमाडौं । नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साले बिहिबार मान्यता पाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई प्रमाणिकरण गरेकी हुन् । यससँगै नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।
सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।