उपत्यकामा देखिएन जोर विजोर प्रणालीको कुनै असर

तस्विर : नवीन श्रेष्ठ

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि सुनसान रहेको काठमाडौंका सडक अहिले भरिभराउ देखिन थालेका छन् । यही जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा निजी सवारी साधन जोर विजोर प्रणालीमा चल्न दिने निर्णय गरेपछि सडक सवारी साधनले भरिएका हुन् ।

सरकारले निजी सवारी साधनलाई जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका सवारी साधन चल्न दिने गरी लकडाउन खुकुलो बनाएको थियो । तर सरकारको उक्त निर्णयलाई न ट्राफिक प्रहरीले नै प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ न त सर्वसाधरणले नै लागू गरेका छन् ।

उपत्यकाका सडकमा निर्वाध रुपमा जोर विजोर दुवै नम्बरका सवारी साधन गुडिरहेका छन् । सरकारले भीड कम गर्ने उद्देश्यले सो प्रणाली लागू गर्ने निर्णय गरेपनि सर्वसाधारण आफैंमा सचेत नहुँदा र सरकारको निर्णयको अवज्ञा गर्दै आफ्नै मनखुसी रुपमा सवारी साधन चलाउँदा उपत्यकामा भीड दिनप्रति दिन बढ्दै गएको देखिन्छ । जसले गर्दा कोरोना संक्रमण फैलने सम्भावना पनि बढ्दै गएको छ ।

leave a reply

Techie