लकडाउन खुकुलो : जोर-विजोर प्रणालीमा चल्न थाले निजी सवारी साधन

काठमाडौं : चैत ११ गतेदेखि जारी लकडाउन आजदेखि केही खुकुलो भएको छ । आज विहानदेखि उपत्यका लगायत देशका प्रमुख शहरमा जोर-विजोर प्रणालीमा निजी गाडी र मोटरसाइकल चल्न थालेका छन् ।

ट्राफिक प्रहरीका अनुसार जोर गतेका दिन जोर र विजोर गतेका गाडी विहान पाँच बजेदेखि बेलुकी नौ बजेसम्म चल्न छुट दिइएको छ । अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीमा भने जोरविजोर लागु नहुने बताइएको छ । मोटरसाइकल र साइकलमा पनि एक जना मात्रै चढ्नुुपर्ने नियम लागू गरिएको छ ।

चारपाङग्रेमा चालक वाहेक दुई जना मात्रै राख्न पाइने छ । नागरिकको बढी उपस्थिति हुने ठाउँ तथा सार्वजनिक गाडी चलाउन भने रोक लगाइएको छ । एक जिल्लावाट अर्को जिल्लामा जान भने पास अनिवार्य गरिएको छ ।

leave a reply

Techie