कोरोनाबाट मृत्यु भएका वृद्धको स्थानीय वासिन्दाको अवरोधबीच अन्त्येष्टि गरियो

पोखरा:  कोरोना भाइरस संक्रमणबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका स्याङ्जा वालिङका ६० वर्षीय वृद्धको अन्त्येष्टि गरियो । गत २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत उनको गएराति ११ बजे मृत्यु भएको थियो । २० घणटाभन्दा बढी समय शव बिरामीसँगै एकै ठाउँमा राखिएको थियो । उनको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे परेको थियो । शव लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो ।व्यवस्थापन गर्ने जिम्मा पोखरा फूलबारीस्थित भगवती दल गणलाई दिइएको थियो ।

आज उनको शवलाई सेती नदीको किनारमा रहेको रिठ्ठा घाटमा व्यवस्थापन गरिएको छ ।

leave a reply

Techie