एडीबीद्वारा नेपाललाई ३० अर्ब नेपाली रुपैयाँ सहुलियत ऋण प्रदान

एसियाली विकास बैंक ‘एडीबी’ले नेपाललाई ३० अर्ब नेपाली रुपैयाँ सहुलियत ऋण दिएको छ । कोरोना संक्रमण नियन्त्रणमा स्वास्थ्य प्रणाली सशक्तीकरण र आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका प्रतिकुलता सम्बोधन गर्न बैंकले नेपाललाई २५ करोड अमेरिकी डलर उपलब्ध गराएको हो । कोरोना महामारी जनस्वास्थ्यमा सबैभन्दा विकराल समस्या बनेकाले त्यसलाई सम्बोधन गर्न सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ । सहयोगबाट सरकारले विपन्न र जोखिममा रहेको समुदायलाई सामाजिक सुरक्षा प्रदान गर्ने र आर्थिक पुनरुत्थानको चरणमा प्रवेश गर्ने विश्वास एडीबीको छ । सहयोग रकम कोरोना परीक्षण, क्वारेन्टिन विस्तार र चिकित्सा क्षेत्रमा खर्च गरिने बताइएको छ । त्यस्तै सहयोग रकम जोखिममा रहेका घरपरिवारलाई खाद्यवस्तु वितरण गर्न, महिला र विदेशबाट फर्कने कामदारलाई प्राथमिकतामा राखेर बेरोजगार तथा विपन्नलाई रोजगारी सिर्जनामा पनि खर्च हुने बताइएको छ । एडीबीले यसअघि युनिसेफसँगको सहकार्यमा नेपाललाई ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको छ ।

leave a reply

Techie