लिम्पियाधुरा, कालापानी र लिपुलेक: बर्तमान परिस्थित र हाम्रो नेतृत्व

चुनौती संगै अबसर पनि

दशकौ देखि एउटा देशको भुमी अर्को देशले प्रयोग गर्दै आएको छ । यो अबधिमा कयौ सरकार परिवर्तन भए। नक्सामा समेत कहिले त्यो भुमी राखियो, कहिले झिकियो कसैले सरोकार देखाएन ।देशकै कुना काप्चातिर पर्ने अति बिकट त्यस भुमीको बारेमा सायदै जनता जानकार थिए न त चासो नै ।
प्रबिधीको यो युगमा त्यस भुमीको पछिल्लो अबस्था सामाजिक संजालमा पोष्टिन्छ । ‘अतिक्रमित भुमीमा बाटो बन्दै छ रे ! ल उद्धघाटनै ग्रयो त !’ संजाल न हो घटना देशभर सार्बजनिक भैसक्दा पनि सम्बन्धित प्रधानमन्त्रीले आफुलाइ कसैले जानकारी नगराएको गुनासो गर्न बाँकी राख्दैनन् ।
देशकै कुनाको एउटा भुभाग जहाँको बस्तीले अहिले सम्म राज्यको प्रतिभुती सायदै पाएको होला तर सुबिधा सम्पन्न राजधानीमा उक्त भुभाग हाम्रो हो हामीलाइ चाहियो भन्दै युबा आक्रोश उर्लन्छ । त्यहाको जनताको त थाह भएन ठाउँको चाँही अगाध माया उम्लिन्छ । आफ्नो कार्यकालमा पनि भुमी मिचिएको बारे थाह नपाएको जस्तो गर्ने प्रतिपक्षले पनि सरकारलाइ भुमी फिर्ता ल्याउन दबाब दिन्छ । जबकी उनिहरुलाइ थाह छ कि राजनितिक दलकै विगतको चाकडी निर्लज्जापनको परिणाम हो यो भनेर ।
आजको दिन सम्म कसरी भुमी मिचियो ? कस्ले मिच्न दियो ? नक्सामा अतिक्रमित भुमि किन झिक्दै राख्दै गरियो ? किन यो कुरा सतहमा आएन ? प्रश्न धेरै भएपनि बर्तमान परिस्थितीको जिम्मा त बर्तमान सरकारलेनै लिनु पर्यो ।
सडक तात्छ, सदन तात्छ ! नक्सामा समेत भुमी नभएको भनेर सामाजिक संजालमा व्यापक जनआक्रोश मचिन्छ । अब चाही प्रधानमन्त्री छ्याङ्ग हुन्छन् । ‘नक्सा त प्रेसमा छाप्दा हुन्छ। नक्सा छाप्ने कुरा होइन, भूमि फिर्ता लिने कुरा हो।’ दमदार अभिव्यक्ति पनि दिन्छन् ।
भुमी सुधार मन्त्रीले पनि प्रधानमन्त्रीकै तालमा ‘नेपाली भूमि नै फिर्ता ल्याउन सरकार लागेकाले कागजको नक्सा छाप्न आवश्यक नभएको’ विवादास्पद अभिव्यक्ति दिन्छिन् ।
फेरी संसद सडक हुदै सामाजिक संजाल राष्ट्रवादले भड्किन्छ । भ्रष्ट्राचारको कुरा सजिलै पाचाए पनि राष्ट्रबादको कुरा पाखा लगाउन दलिए राजनितिमा साह्रै गाह्रोनै पर्छ।

फलत परिस्थिति साम्य बनाउन अझ भनौ जनआक्रोश मत्थर पार्न पनि देशको नक्सामा अतिक्रमित भुमी राखेर नयाँ नक्सा सार्बजनिक गरिन्छ । अन्य कुरामा नैतिकता पतन भएपनि राष्ट्रबादमा नैतिकता जोगाउनै पर्छ जुन देखिन्छ पनि ।
नयाँ नक्सालाइ सरकारको एतिहासिक तथा साहसी कदमको रुपमा प्रचार गरिन्छ । भुमी त अर्कैले प्रयोग गरिसक्यो, गरिरहेछ तर सरकारको नक्सा छाप्ने साहसलाइ उच्च सम्मान नगरेको भन्दै एकथरी दलिय स्वार्थ चाकडीको पनि छुट्टै गुनासो भेटिन्छ जनमानसमा ।

नक्सा त छापियो अब के त ?
तिर्खा लागेकोले पानी खानुनै पर्छ हेरेर प्यास मेटिदैन । राष्ट्रबाद र स्वाभिमानको भोक जागिसक्यो अब यो नक्सामा हेरेर अघाइदैन भुभागनै फिर्ता ल्याउनुपर्छ ।

सरकारको प्राथमिकता भन्दा पनि जन दबाबकका कारण सृजित नयाँ नक्सालाइ सकारात्मक पहलचै मान्नुपर्छ तर यो देश, न सरकार न जनता कसैको उपलब्धी हुदै होइन, भर्खर हामी शुरु गर्दै छौ । देश तातिएको छ बिदेशी (छिमेकी)मा पनि हलचल आएको छ ।
यो अबस्थामा सरकार नडग्मगाइ तथ्य प्रमाणका आधारमा बार्ता बिचार र बिमर्शबाट समस्या समाधानमा लाग्नु पर्छ । कुटनितिक पहलमा  जोड दिनु आवश्यक छ । राष्ट्रिय अस्मिताको यति संवेदनशील विषयमा हामीले राजनीतिक दाउपेचका लागि उत्तेजना फैलाउनुहुँदैन, उत्ताउला कुरा गरेर छिमेकीलाई वार्ताबाट भाग्न सजिलो बनाउने होइन, जिम्मेवार बनेर वार्तामा बसाल्नुपर्छ र तथ्यका आधारमा भूगोल फिर्ता ल्याउनुपर्छ’ । तिन करोड जनताको साथ र भरोसा छ , उच्च नैतिकता र इमान्दारिताको साथ दत्तचित्त भएर नलड्खडाइ नेतृत्व लागेको खण्डमा आफ्नो भुमी नपाइने कहाँ हुन्छ र ?

स्वाभिमान र सर्बभौमसत्ता देशको भुमी दशकौं देखि अर्काको अधिनमा छ । त्यो अतिक्रमित भुमीलाइ पुन: आफ्नो अधिनमा ल्याइ बिश्वमान चित्रमा पनि समाबेश गर्न सकियो भने चै पक्कै पनि एतिहासिक सफलता हात पर्नेछ । त्यस क्षणलाइ इतिहासको पन्नामा स्वर्ण अक्षरले कोरिनेछ । खोक्रो राजनिति भन्दा नेपाली स्वाभिमानको जित हुनेछ, नेपालको जित हुनेछ ।

अतिक्रमित भुमी समस्या दलिय स्वार्थमा राष्ट्रबादी मुद्धा बनाएर सरकार बनाउने र ढाल्ने खेल नबनोस् । जनता स्वयम् पनि सचेत र जागरुक हुनुपर्छ ।

पत्रकारीतामा क्रियाशिल लेखक एभिन्यूज खबरमा आबद्ध हुुनुहुन्छ ।

leave a reply

Techie