विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ७८ पुग्यो

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

यस्तै अमेरिकामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । यस्तै, यूएईमा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण यो हप्ता थप ५ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बेलायत २, स्वीडेन १, बहराइन १, युएई १ जना छन् ।

नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् । विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गतसाता भन्दा कम हुदैं गएको एनआरएनएले जनाएको छ ।

leave a reply

Techie