किराँत समुदायले आज उभौली पर्व मनाउँदै

काठमाडौं : किराँत समुदायले आज उभौली पर्व मनाउँदैछन् । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ ।

वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस, दाना राम्रो लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ । किराँत समुदायमा सबैलाई सुख शान्ति एवं सुस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि छ ।

उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ । उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पूर्वी भुगोलसहित काठमाण्डौ उपत्यकामासमेत विभिन्न कार्यक्रम आयोजना गरिन्छ । तर यो वर्ष कोरोना भाइरस संक्रमणका कारण सार्वजनिक स्थानमा औपचारिक कार्यक्रम गरिएका छैनन् ।

मौलिक पर्व उभौली सार्वजनिक स्थलमा नमनाउने र घर–घरमा पूजा मात्र गरेर मनाउन किरात संघसंस्थाले आब्हान गरेका छन् । पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख दलका नेताहरुले सुभकामना प्रकट गरेका छन् ।

leave a reply

Techie