वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो

वीरगञ्ज : वीरगञ्जका थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही दिनअघि वीरगञ्जका विभिन्न स्थानबाट १ सय ८६ जनाको स्वाब संकलन गरिएकोमा ति मध्ये दुईजनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमध्ये एक जना वीरगञ्ज ३ छपकैयाका ५० वर्षीय पुरुष हुन् । उनी महानगरपालिकाका सफाइ कर्मचारी हुन् ।

त्यस्तै अर्का पुरुष वीरगञ्ज इनरुवाका हुन् । उनी इनरुवास्थित सिद्धार्थ माबि क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमण पुष्टि भएपछि दुबैलाई नारायणी अस्पतालको आइसोलेजनमा राखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुने नेपालीको संख्या ५१ पु्गेको छ । संक्रमितमध्ये १२ जना उपचारपछि निको भैसकेका छन । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

leave a reply

Techie