झापामा एक वृद्धमा कोरोना पुष्टि भएपछि दमकको उत्तरी क्षेत्र सिल

झापा : झापामा एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि दमकको उत्तरी क्षेत्र सिल गरिएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, र सुरक्षाकर्मीको बैठकले नगरको उत्तरी क्षेत्र सिल गर्ने निर्णय गरेको हो । दमक ३ का ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो वडाका स्थानीयबासीमा कोरोना संक्रमण परीक्षणलाई तीव्र पार्नुका लागि निश्चित क्षेत्र तोकेर सिल गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्गसम्म, पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा आवतजावतलगायत सम्पूर्ण गतिविधि पूर्णरुपमा निषेध गरिएको छ ।

सो क्षेत्रका स्थानीयको आरडीटी परीक्षण गर्ने तयारी छ । नगरपालिका र स्थानीय प्रशासनले दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई पनि सिल गरेको छ । अहिले दमकको क्वारेन्टिनमा ४१ जना बसिरहेका छन । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

leave a reply

Techie