एकीकरणलाई लिएर राजपामा असन्तुष्टि

काठमाडौं : बुधबार अबेर राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणलाई लिएर राजपामा असन्तुष्टि देखिएको छ । एकीकरणका लागि छलफल गर्न बोलाइएको बैठकमा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव अनुपस्थित भएसँगै असन्तुष्टि बाहिरिएको हो ।

दुवैजना काठमाडौंमै भए पनि एकता बैठकमा सहभागी भएनन् । उनीहरुले पहिला राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान लिँदै आएका थिए ।

उनीहरुलाई बैठकमा आउनका लागि पटक पटक आग्रह गरिएको थियो तर उनीहरु आजको बैठकमा अनुपस्थित भएको एक नेताले बताए । एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भए ।

leave a reply

Techie