भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२२ पुग्यो, ४ साता अझै संकटपूर्ण हुने चेतावनी

एजेन्सी : भारतमा आगामी तीनदेखि चार साता कोरोनाभाइरसको संक्रमण फैलन नदिनका लागि संकटपूर्ण हुने चेतावनी विज्ञहरुले दिएका छन् । संक्रमण देशको आधाजसो भागका सात सय भन्दा धेरै जिल्लामा फैलिएको छ ।

भाइरस फैलावटको क्रम सुरुवाती चरणमै रहेकाले चार सातामा स्पष्ट चित्र आउने विज्ञहरुले बताएका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले भने समुदाय तहमा भाइरसको संक्रमण फैलिएको कुरालाई अस्वीकार गर्दै आएको छ ।

संक्रमण रोक्न भारत सरकारले अप्रिल १४ मा तीन साता पूरा गरेको लकडाउनलाई पुनः मे ३ सम्म लम्ब्याउने निर्णय गरेपनि संक्रमण बढदो क्रममा छ । लकडाउनका कारण झण्डै एक अर्बभन्दा बढी मानिस घरभित्रै बसिरहेका छन् ।

अहिलेसम्म एक लाख ८० हजार जनाको परीक्षण गरिएको छ । तीमध्ये झण्डै ४ दशमलब ३ प्रतिशतमा संक्रमण पाइएको छ । संक्रमणले बुधवारसम्म ४ सय २२ जनाको मृत्यु भएको छ । १२ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ ।

leave a reply

Techie