अरनिको र वीपी राजमार्ग हुँदै पैदल घर फर्कनेहरुलाई काभ्रेमा निःशुल्क खाना वितरण सुरु

अरनिको र वीपी राजमार्ग हुँदै पैदल घर फर्कनेहरुलाई काभ्रेमा निःशुल्क खाना वितरण सुरु भएको छ । लकडाउन बढेपछि पैदलै घरतर्फ जाँदै गरेका मजदुर र विपन्नहरुलाई बनेपाको चारदोबाटोमा युवा विद्यार्थीले खाना वितरण गर्न थालेका हुन । लकडाउन नसकिदासम्म खाना वितरणको काम जारी राखिने अभियानमा जुटेका विद्यार्थीको भनाइ छ ।

शनिवारसम्म आठ सयभन्दा बढिलाई खाना खुवाइसकिएको छ । खाना बटुवासँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई पनि उपलब्ध गराइदै आएको छ । अभियानमा सहभागीहरुले दैनिक एक हजार जना सम्मलाई खाना खुवाउन पुग्ने गरी तयारी गरिएको बताएका छन् । लकडाउन लम्बिएसँगै काभ्रे हुँदै पूर्वी पहाडी जिल्ला र तराइका विभिन्न क्षेत्रमा फर्कने मजदुरहरुको संख्या बढ्दो छ ।

leave a reply

Techie