कोरोनाबाट संक्रमित हुनेको संख्या ११ लाख ७० हजार नाघ्यो

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ११ लाख ७० हजार नाघेको छ । भाइरसका कारण अहिलेसम्म ६३ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । दुई लाख ४१ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । अमेरिकामा मात्रै संक्रमितको संख्या ३ लाख पुग्न लागेको छ भने ८ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार नाघेको छ । त्यहाँ १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या स्पेनमा १ लाख २४ हजार नाघेको छ । त्यहाँ १२ हजार ४ सय जनाको मृत्यु भइसकेको छ । जर्मनीमा संक्रमितको संख्या ९२ हजार नाघेको छ भने करिब एक हजार ३ सय ३० जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमितको संख्या ८२ हजार नाघेको छ भने मृत्यु हेनको संख्या ६ हजार ५ सय ७ पुगेको छ । इरानमा संक्रमितको संख्या ५५ हजार ७ सयभन्दा बढी पुगेको छ भने ३ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । बेलायतमा पनि संक्रमण फैँलदो क्रममा रहेको छ । त्यहाँ ४१ हजार ९ सयभन्दा बढीमा संक्रमण देखिएको छ भने ४ हजार ३ सय १३ जनाको मृत्यु भइसकेको छ । यहाँ ७ सय ८ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा संक्रमितको संख्या २ हजार ७ सय नाघेको छ भने ४१ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ भने ८६ जनाले ज्यान गुमाएका छन् ।

leave a reply

Techie