सीमामा गरिएको कडाईले नेपाललाई असर पर्दैन : भारत

काठमाडौं : भारतले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि शुरु गरिएको सीमाको कडाईले नेपाललाई असर नपर्ने जनाएको छ । काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै विदेशी नागरिकको प्रवेशमा कडाई गर्ने आफ्नो देशको निर्णयको असर नेपाली नागरिकमा नपर्ने जनाएको हो ।

पछिल्लो निर्णय जनस्वास्थ्य व्यवस्थापन र सुरक्षाका लागि चालिएको भन्दै त्यसवाट हवाई वा स्थलमार्गबाट हुने नेपालीहरूको नियमित यात्रामा कुनै प्रभाव नपार्ने दुतावासको भनाइ छ ।

भारतीय दूतावासले सबै सीमा विन्दुमा जाँच बढाइने र कोरोना सङ्क्रमणको लक्षण देखिएका कुनै पनि भारतीय, नेपाली वा तेस्रो देशका नागरिकलाई आवश्यक परे क्वारेन्टाइनमा राख्न सकिने पनि जनाएको छ ।

leave a reply

Techie