कोरोना कहर : भारतले गर्‍यो अप्रिल १५ सम्मका लागि सबै भिसा रद्द

भारत : कोरोना भाइरसको संक्रमण रोक्न भारतले अप्रिल १५ सम्मका लागि सबै देशको भिसा रद्द गरेको छ । भारतले बुधबार राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म रद्द गर्ने निर्णय गरेको हो । गरेको हो ।

ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ ।

१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।

योसँगै कोरोना भाइरसको संक्रमण लिएर यात्रा प्रतिबन्ध लगाउने देशको सूचीमा भारत पनि परेको छ । भारत सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि उपयुक्त विधिको प्रयोग गरिएको बताए ।

leave a reply

Techie