कोरोना भाइरसको प्रकोपका कारण सगरमाथा संवाद कार्यक्रम स्थगित

 

काठमाडौं : विश्व्यापी फैलिएको कोरोना भाइरसको प्रकोपका कारण सरकारले चैत २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजन गर्न लागेको सगरमाथा संवाद कार्यक्रम स्थगित भएको घोषणा गरेको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा संवाद तत्कालका लागि स्थगित भएको जानकारी गराएका हुन् । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथा संवाद तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

मन्त्री ज्ञवालीले विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिममा राखेको जानकारी दिए । फागुन २७ गतेदेखि नेपाल आउने पर्यटकले आफुलाई कोरोना नलागेको प्रमाण पेश गर्नुपर्ने पनि उनले बताए । संक्रमित देशबाट आउनेहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले इपिएस प्रणालीबाट कोरिया जाने कार्यक्रम तत्कालका लागि स्थगन गर्न समेत कोरिया सरकारसँग आग्रह गरेको जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले पार्टीले गठन गरेको कार्यदलको सुझाव कार्यान्वयन गरेर मिलेनियम च्यालेन्ज कर्पोरशन (एमसीसी) संसदबाट अनुमोदन गरिने बताए । अको प्रसंगमा मन्त्री ज्ञवालीले उच्च राजनीतिक तहको व्यक्तिलाई पठाउन राजदूत लिलामणी पौडेललाई चीनबाट फिर्ता बोलाएको स्पष्ट पारे ।

leave a reply

Techie