लकडाउनको उल्लंघन गर्नेलाई भाटे कारबाही गरिने

गुल्मी : लकडाउनको उल्लंघन गर्ने व्यक्तिहरुलाई गुल्मीमा भाटे कारबाही गरिने भएको छ । लकडाउनको समयमा मानिसहरु अनाश्यिक रुपमा घरबाहिर निस्कन र हिडडुल गर्न थालेपछि धुर्कोट गाउँपालिकाले गाउँमा लठ्ठी लिएर गस्ती गर्न समेत शुरु गरेको छ ।

धुर्कोट गाउँपालिकाकाका अध्यक्ष भुपाल पोखरेलका अनुसार पालिकाको सर्वपक्षीय वैठकले लगडाउन उल्लंघन गर्नेलाई कार्वाही गर्न पाँच सदस्यीय कार्यादलको समेत गठन गरेको छ । बैठकले कसैले लडडाउनको उल्लंघन गरेको पाईएका शरिरमा छाप बस्नेगरि हान्ने अधिकार समेत दिएको छ ।

पालिकाले सिंगो वडालाई २८ टोलमा विभाजनगरि ८१ जनालाई आफ्नो टोल नियन्त्रण गर्नेगरि जिम्मेवारी प्रदान गरेकोछ । पालिकाले अत्यावश्यक काम परे बडा कार्यालयलाई सम्पर्क गरेर मात्र घरबाहिर निस्कनका लागि सबैमा आग्रह गरेको छ ।

leave a reply

Techie