मेडिकल सामग्री ल्याउन वाइडबडी जहाज भोलि चीन जाँदै

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चार्टर गरेर चीनबाट मेडिकल सम्बन्धी सामान ल्याउने भएको छ । निगमको जहाजले भोलि र आगामी बिहीबार दुई उडानमार्फत कोरोना भाइरस संक्रमितका उपचारमा अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ग्वान्जाओमा स्वास्थ्य मन्त्रालयको टोली लिएर पहिलो उडान शनिबार जानेछ । अर्को उडान चैत २० गते बिहीबार हुनेछ । उपचारका लागि सामाग्रीको अभाव नहोस भनेर दुईवटा उडानमार्फत सामान ल्याउने निर्णय गरिएको संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।

चीनको गोन्जाओ जानका लागि आवश्यक हवाई रुट पर्ने चार वटा देश भारत, बंगलादेश र म्यानमारको ओभरफ्लाई उडान अनुमतिका लागि सरकारले पत्राचार गरिसकेको छ । नेपाल आएपछि ति सामाग्री सेनाको हेलिकोप्टरवाट विभिन्न स्थानमा बाँडिने छ ।

यसअघि अलिबाबाले दिने घोषणा गरेको किट, चिकित्सकले प्रयोग गर्ने पोशाक लगायतका सामाग्री भने शनिवार नै नेपाल आइपुग्ने बताइएको छ । सरकारले चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्री, कोरोना परीक्षण गर्ने सामाग्री, भाइरसको नमुना संकलन गरेर पठाउने भाँडा लगायत सामाग्री मगाएको छ । मोनिटर सहितको भेन्टीलेटर, ल्याब सहितको मोबाइल एम्बुलेन्स, मोबाइल एम्बुलेन्स पनि सरकारले ल्याउन लागेको छ ।

leave a reply

Techie