कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा १३ जनाको मृत्य

एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ । भाइरसवाट संक्रमित हुनेको संख्या १ हजार २ सय ६१ पुगेको छ । दक्षिण कोरियामा एकै दिन थप ३ सय ३४ जनामा संक्रमण देखिएको हो । साथै थप एकजनाको मृत्यु भएको हो ।

कोरियामा रहेका अमेरिका सेना र अन्य सदस्यहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ । संक्रमण फैलिएपछि अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको छ । अधिकांश मुलुकले दक्षिण कोरियावाट हुने यात्रामाथि प्रतिबन्ध लगाएका छन् ।

leave a reply

Techie