कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

एजेन्सी : कोरोना भाइरस संक्रमणका कारण चीनमा मृत्यु हुनेको संख्या १ हजार ६ सय नाघेको छ । चीनमा शनिबार थप १ सय ३९ जनाको भाइरस संक्रमणका कारण मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६ सय ६२ पुगेको छ ।

भाइरस संक्रमितको संख्या ६८ हजार नाघेको छ । कोरोना संक्रमण फैलिएको हुपेइ प्राप्तमा हिजो मात्रै थप १ हजार ८ सय ४३ जनामा संक्रमण देखिएको हो । संक्रमण रोक्न चीनले बेइजिङ प्रवेश गर्ने जो सुकैले पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण फ्रान्समा पनि एक जना पर्यटकको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण एशिया बाहिर मृत्यु भएको यो पहिलो घटना हो । मृत्यु हुनेमा चीनको हुपेइ प्रान्तका ८० वर्षीय पुरुष भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि चीन बाहिर हङकङ, फिलिपिन्स र जापानमा एक–एक जना सङ्क्रमितको मृत्यु भएको थियो । सङ्क्रमण केन्द्र मानिएको हुपेई प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । चीन बाहिर अहिलेसम्म २४ मुलुकमा पाँच सय भन्दा बढी सङ्क्रमित भएका छन् ।

leave a reply

Techie