बार्सिलोनाद्वारा गेटाफे २-१ ले पराजित

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले गेटाफेलाई हराएको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ ।

२४ खेलबाट ५२ अंक जोडेको बार्सिलोना लिगको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको शिर्ष स्थानको रियलको पनि ५२ अंक रहेको छ । २४ खेलवाट ४२ अंकसहित गेटाफे तेस्रो स्थानमा छ ।

leave a reply

Techie