सिड्नीमा ३० बर्ष यताकै भिषण बर्षा, हजारौं मानिस घर छाड्न बाध्य

एजेन्सी :अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयता कै भीषण वर्षा भएको छ । बर्षापछिको बाढीका कारण यातायात अस्तब्यस्त भएको छ भने जनजीवन समेत प्रभावित भएको छ । हजारौं मानिस घर छाड्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । झन्डै एक लाख घरमा बिजुली गएको छ । सिड्नीमा मात्र कम्तीमा दुई सय मानिसलाई आपतकालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन् । आज बिहान सिडनीको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ । विद्यालयहरु समेत बन्द गरिएका छन् । सहरका तल्ला भूभागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान निर्देशन दिइएको छ । विगत चार दिनमा सिड्नीमा झण्डै चार सय मिलिमिटर पानी परेको बताइएको छ यो साताभरि थप वर्षाको पूर्वानुमान गरिएको छ । बर्षापछि डढेलो प्रभावित क्षेत्रहरूलाई नै बाढीको चेतावनी दिइएको छ । बर्षापछि सेप्टेम्बरदेखि न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलो भने निभेको छ । ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको बताइएको छ । सो डढेकोले पाँच सय हेक्टर जंगल नष्ट पार्नुका साथै ३ सय १२ घरमा क्षति पु¥याएको थियो ।

leave a reply

Techie