भारत सरकारले नेपाललाई दिँदै आएको अनुदान घटायो

India's Finance Minister Nirmala Sitharaman holds budget papers during a photo opportunity as she leaves her office to present the federal budget in the parliament in New Delhi, India, February 1, 2020. With her is India's Chief Economic Advisor Krishnamurthy Subramanian (2nd L). REUTERS/Anushree Fadnavis

काठमाडौं : भारत सरकारले नेपाललाई दिँदै आएको अनुदान सहयोग घटाएको छ । शनिबार भारत सरकारका केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको आर्थिक वर्ष २०२०/२१ को बजेटमा छिमेकी मुलुकहरुलाई दिइने अनुदान सहयोग शीर्षक अन्तर्गत नेपाललाई दिइने रकम घटाइएको हो । गत वर्षको तुलनामा ४ अर्ब घटाएर यो रकम ८ अर्बमा सीमित गरेको छ ।

भारतले आव २०१९/२० मा नेपाललाई १९ अर्ब २० करोड रुपैयाँ (१२ अर्ब भारू) अनुदान दिएको थियो । त्यस्तै, भारतले २०१८/१९ मा १२ अर्ब २१ करोड रुपैयाँ (७ अर्ब ६३ करोड भारू) अनुदान दिएको थियो ।

भारतले यसरी नेपाललाई दिने यो अनुदान उसले दिने अन्य अनुदान रकमभन्दा छुट्टै हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ खर्ब भारू अनुदानलगायत अनुदान यसमा समावेश हुँदैन ।

leave a reply

Techie