कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं : प्रतिनीधिसभा बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढ्न नसकेको विषयमा छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको भन्दै रोष प्रकट गर्दै आइरहेको छ ।

यही विषयमा सांसदहरुको राय लिनका लागि कांग्रेसले आज साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो । सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । सभामुख चयनमा देखिएको विवादका कारण संसद बन्धक भएको बारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

संसद यथाशीघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको सचेतक खाँणको भनाइ छ ।

leave a reply

Techie