अन्य समाचारहरु

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो तीन बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। बैठकमा विधान मस्यौदा समिति गठन र महासमिति बैठकको मिति तय लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । भदौमा हुने भनिएको महासमिति बैठक अनिश्चित भएको छ भने विधान मस्यौदा समिति बन्न सकेको छैन । केन्द्रीय समितिको बैठकले कार्य अवधि सकिएको नेविसंघको तीन महिना अवधि थप्ने सम्भावना छ। नेविसंघको विधान अनुरूप केन्द्रीय समितिको कार्यकाल बढीमा तीन महिना थप्न सकिने प्रावधान छ । बुधबार देखि नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेको छ।

डा. गोविन्द केसी आमरण अनसनमा

30 Poush 2070 Tuesday   11:48 am Leave your thoughts

उत्कृष्ट चिकित्सकलाइ पाखा लगाउदै कनिष्ठ चिकित्सकलाइ डिन बनाएको भन्ने बिषयमा शिक्षण अस्पतालमा केही दिन देखि तनाब सृजना भएको छ । यही तनाबका बिच प्रा .डा गोबिन्द केसीले आबरण अनसन शुरु गरेको छन् । डा. शशी शर्मालाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीन नियुक्ति गरेको विरोध गर्दै डिन प्रकाश प्रकाश सायमीको पुनर्बहालली लगायतका नयाँ डिन नियुक्ति प्रक्रियाको छानविन, त्रिवि पदाधिकारीहरुमाथि कारवाही र मेडिकल कलेजको सम्वन्धन प्रक्रिया बन्द गर्नु पर्ने माग राख्दै शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक केसी अनसनमा बसेका हुन् । त्रिभुवन विश्वविद्यालयले हालै मात्र सायमीको राजीनामा स्वीकृति गर्दै विवादास्पद शर्मालाई नियुक्त गरेको थियो । अस्पतालका धेरै चिकित्सक डा . केसीको समर्थनमा भएपनि केही चिकित्सक भने सरकारले गरेको निर्णयमा हस्तक्षेप गर्न नहुने र नयाँ डिनको काम हेरेपछि मात्र प्रतिक्रिया दिनुपर्ने बताउँछन् । http://www.youtube.com/watch?v=-BACMoWkDFE

काठमाडौं महानगरपालिकाको बजेट तथा कार्य योजना सार्बजनिक

30 Poush 2070 Tuesday   12:11 pm Leave your thoughts

काठमाडौं महानगरपालिकाको २३ औं नगरपरिषद का अबसरमा सोमबार नगरपालिकाको आर्थिक बर्ष ७१र७२ को बजेट तथा कार्य योजना सार्बजनिक गरिएको छ । यस आर्थिक बर्षका लागि कुल ३ अर्ब १४ करोड ६३ लाख ५ हजार रुपैया राजस्व तथा खर्च प्रस्ताब गरिएको छ ।यसका लागि आन्तरिक आयबाट १ अर्ब २६ करोड ३१ लाख २६ हजार ६ सय ४ रुपया प्राप्त हुने अनुमान गरिएको छ । त्यसै गरी सडकबोर्ड ,जगेडा कोष ,बिस्तारित सडक अनुदान समेत गरी नेपाल सरकारबाट कुल १ अर्ब ३१ करोड ५४ लाख १८ हजार ३ सय हुने अनुमान गरिएको छ ।कार्यालयको उपलब्ध कोष नगद मौजदाबाट २३ करोड ९४ लाख रुपैया परिचालन गर्न सकिने अनुमान गरिएको छ । कुल बिनियोजित खर्चमा तलब भत्ता तथा अन्य खर्चका लागि ७५ करोड ६३ लाख २३ हजार रुपैया प्रस्ताब गरिएको छ । हेर्नुहोस् भिडियो http://www.youtube.com/watch?v=UEazYM9-Dxs

लोडसेडिङको बिरोधमा बिधार्थीद्धारा नाराजुलुस

30 Poush 2070 Tuesday   12:11 pm Leave your thoughts

लोडसेडिङको बिरोध गर्दै सोमबार राजधानीमा बिधार्थीहरुले नाराजुलुस निकालेका छन् । राजधानीको बागबजारबाट निस्केको बिधार्थीहरुको जुलुसले नेपाल बिधुत प्राधिकरण समेत घेराउ गरेको थियो । सर्बसाधारणको दैनिक दिनचर्यानै प्रभाबित हुने गरी लोडसेडिङ गरेकाले बिरोध गरेको बिधार्थीहरुले बताएका छन् ।बिधार्थीहरुले लोडसेडिङ समस्याको समाधान गर्न माग गर्दै आठ बुदे ज्ञापनपत्र समेत बुझाएका छन् ।ज्ञापनपत्रमा प्राधिकरणमा हुने अनियमितता रोक्नु पर्ने ,नेपालीको हितमा हुन लागेको बिधुत आयोजनाके अबरोध कार्य रोक्नु पर्ने लगायतका माग रहेको छ । http://www.youtube.com/watch?v=A-cZWjptt1s