अन्य समाचारहरु

संबिधान सभा निर्बाचन सफलता पुर्वक सम्पन्न भएको उपलक्ष्यमा राष्ट्रपति डा रामबरण यादबले शितल निबास मा चियापान समारोहको आयोजना गरेका छन् । समारोहलाइ सम्बोधन गदै राष्ट्रपति यादबले आगामी एक बर्ष भित्रमा नयाँ संबिधान जारी गर्ने तथा स्थानिय निकायको निर्बाचन गरिसक्ने भनी आम मतदाताबिचमा गरेको बाचालाइ बिशेष रुपमा सम्झिन प्रमुख दलका शिर्ष नेतालाइ आग्रह गरेका छन् । चियापानमा प्रस्तुत लिखित सम्बोधनमा राष्ट्रपति यादबले चुनौतीपुर्ण परिस्थितिमामा पनि निर्बाचन सफल पार्न योगदान गर्ने आम नेपाली मतदातालाइ बधाई दिदै अब राजनितिलाइ अघि बढाउदै बिगतमा संबिधानसभाबाट भएका राम्रा कामको जगेर्ना गर्ने तथा निर्धारित समयमा मुलुकलाइ नयाँ संबिधान दिने जिम्मेवारी पुन दलहरुको काँधमा आएको बताएका थिए । नर्बाचन सफलता पुर्बक सम्पन्न भएको भन्दै राष्ट्रपतिद्धारा आयोजित चियापान समारोहमा उपराष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष ,राजनितिक दलका शिर्ष नेताहरु ,संबैधानिक अंगका प्रमुख तथा कुटनितिक नियोगका प्रतिनिधिहरु उपस्थित रहेका थिए । http://www.youtube.com/watch?v=zwQZhm6ghBU

स्वाइन फ्लु (H1N1) का कारण उपसचिबको मृत्यु

24 Poush 2070 Wednesday   6:51 am Leave your thoughts

नेपालमा पहिलोपटक स्वाइन फ्लुका अर्थात एच वान एन वान भाइरसका कारण एक जनाको मृत्यु भएको छ । अमेरिका भ्रमणका क्रममा बिरामी परेर नेपाल फर्के लगत्तै राजधानीको नर्भिक अस्पतालमा भर्ना भएका राष्ट्रिय योजना आयोगका सह सचिब बाबुकृष्ण भट्टराइको स्वाइन फ्लुकै कारण मृत्यु भएको हो । नेपालमा बेलाबेलामा स्वाइन फ्लुको संक्रमण देखापरेपनि अहिले सम्म यो भाइरसका कारण कसैको मृत्यु भएको थिएन । स्वाइन फ्लु सामान्य रुघाखोकीको जस्तै लक्षण लिएर आउने हुँदा यसको बारेमा धेरैलाइ जानकारी नहुने हुन सक्छ तसर्थ रुघाखोकी धेरैदिन सम्म निको नभएमा तथा छाती दुखेमा तुरुन्त अस्पताल जानुपर्ने चिकित्कसहरु बताउँछन् । स्वाइन फ्लु सरुवा रोग भएको हुदा यो रोग दिर्घ रोगी ,गर्भबती बालबालिकालाइ छिटो सर्न सक्ने भन्दै सरकारले सचेत रहन सबैलाइ आग्रह गरेको छ । http://www.youtube.com/watch?v=J6iqo_IMyYw

संबिधानसभाको बैठक आव्हान विवाद बारे सर्बोच्च अदालतले २९ गते फैसला गर्ने ।

24 Poush 2070 Wednesday   9:11 am Leave your thoughts